मिर्गौला प्रत्यारोपणमा आर्थिक अभाव

बाग्लुङ | साउन २२, २०७९

मिर्गौला प्रत्यारोपणमा आर्थिक अभाव

 

बागलुुङको ताराखोला गाउँपालिका-५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो ।

 

त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाई घर फर्कनुप¥यो । कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ ।

 

मिर्गौलाको महँगो उपचार र प्रत्यारोपण कसरी गर्ने भन्ने पिरलो थपिएको छ । न्यून आय भएको उहाँको परिवारले उपचार खर्च धान्न सक्ने स्थिति छैन । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको बताएका थिए ।

 

रोकामा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आवश्यक खर्चको जोहोका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । आमा बिरमाको मिर्गौला दान दिने तयारी गरे पनि स्वास्थ्य जटिलताका कारण चिकित्सकले दिन नमिल्ने बताएको रोकाका बुबा भीमबहादुरले बताउनुभयो ।

 

भीमबहादुरले मिर्गौला दिने दाताको खोजी भइरहेको बताउनुभयो । “मिर्गौला दिने कोही त भेटिनुहोला, तर उपचार खर्च हामीसँग छैन, छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “सबैसँग सहयोगका लागि अनुरोध गरेका छौँ ।” 

 

परिवारको आग्रहमा स्थानीय नवसिर्जना र असारे युवा क्लबले आर्थिक सहयोग अभियान सुरु गरेको नवसिर्जना युवा क्बलका अध्यक्ष पूर्णभद्र न्युरेले बताउनुभयो । आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैङ्कमा रहेको खाता नं. ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने जनाइएको छ । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्